Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आजै उम्मेदवार टुंग्याउँछ: प्रकाशशरण महत

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आजै उम्मेदवार टुंग्याउँछ: प्रकाशशरण महत

मंगलवार , पौष २२, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक केहीबेरका लागि स्थगित भएको छ।

राष्ट्रियसभामा अन्य दलहरूसँगको तालमेल र उम्मेदवारको टुंगो लगाउने मूल एजेण्डासहित बसेको बैठक केहीबेरका लागि स्थगित गरिएको हो।

आज रातिअबेरसम्म बसेर भए पनि सो निर्वाचनको उम्मेदवारहरूको टुंगो लगाउने गरी केहीबेरका लागि बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

उनले भने- 'हाम्रो बैठक केहीबेरका लागि स्थगित भएको छ। राति अवेरसम्म बसेर भएपनि राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरिनेछ।'

नेपाली कांग्रेस एमालेलगायतका दलहरूसँग तालमेल गरेर सो निर्वाचनमा जाने रणनीति तय गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077