जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको विरोधमा जनकपुरमा पार्टी महामन्त्री गगन थापाको पुतला दहन गरिएको छ ।
मंगलबार साँझ निधिका समर्थक कार्यकर्ताहरूले उनको गृह जिल्ला धनुषाको भानु चौकमा महामन्त्री थापाविरुद्ध नाराबाजी गर्दै पुतला जलाएका हुन् । प्रदर्शनका क्रममा केहीबेर नाराबाजीसमेत गरिएको थियो ।
यसअघि मंगलबार दिउँसो विशेष महाधिवेशनको माग गर्दै आएका समूहले कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाहिर निधिमाथि दुर्व्यवहार गरेका थिए।
निधि कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय गइरहेका बेला ‘विमलेन्द्र निधि मुर्दावाद’ जस्ता नारा समेत लगाइएको थियो ।