Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आज कांग्रेसको विशेष महाधिवेशन आह्वान हुँदै

आज कांग्रेसको विशेष महाधिवेशन आह्वान हुँदै

बुधवार , पौष २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवादका बीच आज विशेष महाधिवेशन औपचारिक रूपमा आह्वान हुने भएको छ ।

विशेष महाधिवेशन पक्षधरहरूले गठन गरेको ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले आज प्रतिनिधिहरूलाई विशेष महाधिवेशनका लागि आह्वान गर्न लागेको हो ।

सचिवालयका तर्फबाट शान्ति सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासनसँग पत्राचार गरिसकेको छ । आज बिहान ११ बजे पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशन आह्वान गरिने बतायएको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशनको विषयमा आह्वान गर्ने तयारी गरेका छन् ।

सचिवालयले मंगलबार जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन आग्रह गर्दै निवेदन दर्ता गराइसकेको छ। विशेष महाधिवेशन पक्षधरले महाधिवेशनका लागि काठमाडौंको भृकुटीमण्डपसमेत पहिल्यै बुकिङ गरिसकेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077