Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस टुंग्यायो उम्मेदवार, कोशीबाट सुनिलबहादुर थापा

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस टुंग्यायो उम्मेदवार, कोशीबाट सुनिलबहादुर थापा

बुधवार , पौष २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तर्फबाट ९ उम्मेदवारको टुंग्यायो लगाएको छ ।

कांग्रेस कार्यसम्पादन समितिको आजको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

जसअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेस प्रदेशबाट धर्मेन्द्र पासवान र सञ्जत कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

एमाले र जसपा नेपालसँग भएको तालमेलअनुसार कांग्रेसका ९ उम्मेदवारले आजै उम्मेदवारी दर्ता गराउँदै छन् ।

आगामी माघ ११ गते हुने निर्वाचनको लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077