Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पुस २७ र २८ मा कांग्रेसको विशेष महाधिवेशन आह्वान, व्यवस्थापनका लागि १८ उपसमिति गठन

पुस २७ र २८ मा कांग्रेसको विशेष महाधिवेशन आह्वान, व्यवस्थापनका लागि १८ उपसमिति गठन

बुधवार , पौष २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले पार्टीभित्र विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने जानकारी दिएका हुन्।

‘पार्टीले २०८२ पौष २८ भित्र १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन नसकेको कारण हाम्रो मागअनुसारको विशेष महाधिवेशन अपरिहार्य छ', विशेष महाधिवेशन पक्षधरहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महाधिवेशन पक्षधरको तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलन गरी यसबारे औपचारिक घोषणा गरेका हुन् ।

जसका लागि उनीहरूले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति बनाउँदै संयोजक समेत तोकेका छन् ।पूर्वजिल्ला सभापति, पूर्व के.स. समन्वय उपसमितिको संयोजक मधु आचार्यलाई तोकिँदा जनपरिचालन जुलुस व्यवस्थापनको जिम्मेवारी जगदीश नरसिंह केसीले पाएका छन् ।

त्यस्तै व्यवस्थाप समितिको संयोजक मनोजमणि आचार्य, प्रदेश सांसद समन्वयको श्रीराम लामिछाने, पूर्वसांसद समन्वय कुशुम थापामगर र मञ्च व्यवस्थापनको जिम्मेवारी गोविन्द पुडासैनीले पाएका छन् ।

पार्टी संस्थापन पक्षले बहुमतको आधारमा वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका हुन् ।

kongree

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077