Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गगन थापा र विश्वप्रकाश शर्माले बोलाए विशेष महाधिवेशन

गगन थापा र विश्वप्रकाश शर्माले बोलाए विशेष महाधिवेशन

बुधवार , पौष २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन् ।

आगामी पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुनेगरी उनीहरूले महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै आह्वान गरेका हुन् ।

महामन्त्रीद्वयले जारी गरेको आह्वानपत्रमा विशेष महाधिवेशन विधानसम्मत, कानुनी तथा राजनीतिक रूपमा अपरिहार्य र बाध्यकारी भइसकेको जिकिर गरिएको छ ।

विधान बमोजिम कारणसहित निवेदन दर्ता भइसकेपछि विशेष महाधिवेशन बोलाउन नसकिने अवस्था नेपाली कांग्रेसको विधानले परिकल्पना नगरेको उनीहरूको दाबी छ।

'विधान बमोजिम माग गरिएको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई दिएको छैन,' आह्वानपत्रमा भनिएको छ, 'त्यसैले विधानसम्मत माग बेवारिसे हुन सक्दैन।'

महामन्त्रीद्वयले पार्टीभित्र पटक–पटक बैठकहरूमा महाधिवेशन आफैं क्रियाशील हुने र तोकिएको समयभित्र विशेष महाधिवेशन हुने विषय उठाउँदै आएको उल्लेख गरेका छन्। बहुमत महाधिवेशन प्रतिनिधिबाट आएको विशेष महाधिवेशनको मागप्रति आफूहरूको ऐक्यबद्धता रहेको पनि उनीहरूले स्पष्ट पारेका छन् ।

विधान बमोजिम विशेष महाधिवेशन नबोलाउनु विधानको पालना नगर्नु मात्र नभई जिम्मेवारी अनुसार काम नगर्नु र राजनीतिक दलसम्बन्धी कानुनको समेत उल्लङ्घन हुने उनीहरूको निष्कर्ष छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई यसलाई व्यवस्थित र भव्य रूपमा सफल बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेका छन्।

sd-1767790577.jpg2-1767790588.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077