Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभ्रेमा जिल्ला समितिदेखि क्षेत्रीयसम्म विशेष महाधिवेशनको पक्षमा, उपस्थित हुन आह्वान

काभ्रेमा जिल्ला समितिदेखि क्षेत्रीयसम्म विशेष महाधिवेशनको पक्षमा, उपस्थित हुन आह्वान

बिहिवार , पौष २४, २०८२

काभ्रे। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले विशेष महाधिवेशनमा लाग्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान गरेको छ ।

जिल्ला सभापति तीर्थ लामासहित दुई वटै क्षेत्रका क्षेत्रीय सभापति र प्रदेश सभा समितिका सभापतिले समेत विशेष महाधिवेशनमा सक्रियतापूर्वक लाग्न आह्वान गरेका हुन् ।

‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा १७ (२) बमोजिम आह्वान गरिएको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा अनिवार्य उपस्थिति र सक्रिय सहभागिताको लागि काभ्रे जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई हार्दिक अनुरोध गर्दछौँ विशेष महाधिवेशनको औपचारिक उद्घाटन सत्रका लागि पौष २७ गते बिहान ११ः०० बजे पुतलिसडकको पद्मोदय मोडमा भेला भई विशेष र्‍यालीसहित भृकुटीमण्डतर्फ जाने कार्यक्रम तय भएकोले नेपाली कांग्रेस काभ्रेका अग्रज तथा विभिन्न तहका जिम्मेवारीमा रहनुभएका साथीहरु एवं सदस्यहरु तथा शुभचिन्तकहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ ', जारी विज्ञप्तिमा भनिएको छ।

दुई वटा क्षेत्र रहेको काभ्रेको क्षेत्र नं १ का सभापति दिनेश लामा र क्षेत्र नं २ का सभापति महेश खरेलले विशेष महाधिवेशनका लागि ऐक्यबद्धता जनाएका हुन् । त्यस्तै १ को प्रदेश सभा क्षेत्रका दुई वटै सभापतिहरुले ऐक्यबद्धता जनाएका छन् । प्रदेश सभा (क) का क्षेत्रीय सभापति रामबहादुर योन्जन र प्रदेश सभा (ख) का क्षेत्रीय सभापति चन्द्रबहादुर लामा तथा क्षेत्र नं २ अन्तर्गतप्रदेश सभा (क) का सभापति हेमबहादुर तामाङले समेत सहमति जनाएका छन् ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077