Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र: होटेलका १५ सय रुम बुक

कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र: होटेलका १५ सय रुम बुक

बिहिवार , पौष २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजक समूहले प्रतिनिधिका निम्ति काठमाडौंका होटेलमा १५ सय ‘रुम बुक’ गरेको छ ।

आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक रमेश धमलाले दिएको जानकारी अनुसार महाधिवेशनका लागि ठमेल, नक्साल, सुन्धारा र एयरपोर्टका होटेलहरूमा १५ सयवटा कोठा बूक गरिएको हो ।

आगामी पुस २७ र २८ गते काठमाडौंमा गर्ने गरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन् । महामन्त्रीद्वयले महाधिवेशन प्रतिनिधिलाई उपस्थित हुन आग्रह गरेका छन् ।

साथै काठमाडौंमा कोठा, घर र आफन्त हुनेहरुलाई आफ्नो व्यवस्थापन गर्न समेत भनिएको धमलाले बताए । भृकुटीमण्डमा गर्न लागिएको विशेष महाधिवेशनका तयारी तीव्र पारिएको हो ।

जसका लागि बुधबार नै व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालन लगायतका विभिन्न १८ वटा उपसमिति गठन गरिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077