Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विशेष महाधिवेशन प्रस्ताव फिर्ता लिन कांग्रेस कार्यसम्पादन समितिको अपिल, थापा–मन्सुरको असहमति

विशेष महाधिवेशन प्रस्ताव फिर्ता लिन कांग्रेस कार्यसम्पादन समितिको अपिल, थापा–मन्सुरको असहमति

बिहिवार , पौष २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसको बिहीबार साँझ बसेको कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन आह्वान गर्ने प्रस्ताव फिर्ता लिन सम्बन्धित पक्षलाई अपिल गरेको छ ।

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले विशेष महाधिवेशन पक्षधरलाई प्रस्ताव फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको हो । बैठकले पार्टी एकता र संगठनात्मक स्थायित्वलाई ध्यानमा राख्दै यस्तो अपिल गरेको बताइएको छ ।

तर, बैठकको उक्त निर्णयप्रति महामन्त्री गगन थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरले असहमति जनाएका छन्। उनीहरूले विशेष महाधिवेशन विधानसम्मत प्रक्रिया भएको दाबी गर्दै प्रस्ताव फिर्ता लिन नसकिने धारणा राखेका हुन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरिएको थियो। विशेष महाधिवेशनको घोषणापछि पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077