Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मुद्रास्फीति विस्फोटपछि इरानमा देशव्यापी विद्रोह, १०० भन्दा बढी शहरमा प्रदर्शन

मुद्रास्फीति विस्फोटपछि इरानमा देशव्यापी विद्रोह, १०० भन्दा बढी शहरमा प्रदर्शन

शुक्रवार , पौष २५, २०८२

एजेन्सी । इरानमा चर्किंदो मुद्रास्फीति र गहिरिँदो आर्थिक संकटविरुद्ध पछिल्ला १० दिनदेखि व्यापक विरोध प्रदर्शन जारी छ । सीएनएनको रिपोर्टअनुसार, प्रदर्शन देशभरका १०० भन्दा बढी शहरमा फैलिएको छ र दिनानुदिन झन् आक्रामक बन्दै गएको छ ।

प्रदर्शनकारीहरूले ‘यो अन्तिम लडाइँ हो, शाह पहलवी फर्कनेछन्’ जस्ता नारा लगाउँदै धार्मिक शासनको अन्त्य र राजनीतिक परिवर्तनको माग गरिरहेका छन्। आन्दोलन चर्किएसँगै इरानी सरकारले देशभर इन्टरनेट र फोन सेवा बन्द गरेको छ ।

इरानको राज्य–नियन्त्रित फार्स समाचार एजेन्सीका अनुसार, राजधानी तेहरानमा स्थिति नियन्त्रणमा लिन खोज्दा एक प्रहरी अधिकारीमाथि छुरा प्रहार भएको छ। देशको दोस्रो ठूलो शहर मशहदमा प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा च्यातेको खबर आएको छ ।

अमेरिकी मानव अधिकार निगरानी संस्थाका अनुसार, प्रदर्शनका क्रममा भएको हिंसामा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु भएको छ भने २,२७० भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077