Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संस्थापन पक्षधर नेताहरु भन्छन्- कांग्रेस पनि फुट्दैन, विशेष महाधिवेशन पनि हुँदैन

संस्थापन पक्षधर नेताहरु भन्छन्- कांग्रेस पनि फुट्दैन, विशेष महाधिवेशन पनि हुँदैन

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टी एकताबद्ध भएर आगामी निर्वाचनमा जाने दाबी गरेका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको समयताका काठमाडौंमा भेला भएका संस्थापन पक्षधर नेताहरूले यस्तो बताएका हुन् ।

उनीहरूले निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेकाले अहिले विशेष वा नियमित महाधिवेशन गर्ने समय नरहेको बताएका छन् । आम निर्वाचन नजिकिएकाले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नु बुद्धिमानी हुने उनीहरूको निष्कर्ष छ ।

कांग्रेस नेता शिव हुमागाईँले निर्वाचनको समय आइसकेकाले पार्टीभित्र देखिएका समस्या समाधान गरेर अघि बढ्नु आवश्यक रहेको बताए । उनले आन्तरिक विवाद समाधानका लागि छलफल भइरहेको र शनिबारसम्म निकास निस्कने दाबी गरे ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति कुनै असन्तुष्टि नरहे पनि महामन्त्री पदले सबैलाई विश्वासमा लिएर अघि बढ्ने भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

हुमागाईँले नेपाली राजनीतिमा प्रायः निर्णय अन्तिम क्षणमा हुने गरेको उल्लेख गर्दै निर्वाचनको मुखमा कांग्रेसलाई विभाजनको संघारमा पुर्‍याउन नहुने स्पष्ट पारे ।

उनले भने- 'निर्वाचनको सेड्युल अघि बढिसकेको छ । यस्तो बेलामा पार्टीभित्रको समस्या समाधान गरेर सबैलाई एकढिक्का बनाएर अघि बढ्नुपर्छ । नेपाली कांग्रेस कुनै पनि हालतमा फुट्दैन, एकताबद्ध भएर चुनाव फेस गर्छ ।'

अर्का नेता मदनकृष्ण श्रेष्ठले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेताहरूले समेत नियमित महाधिवेशन समयमै गर्नुपर्ने माग गरेकाले सोहीअनुसार निर्णय भएको बताए । निर्वाचनअघि महाधिवेशन गर्न सम्भव नरहेकाले चुनावपछि गर्नुपर्ने धारणा धेरै सदस्यहरूको रहेको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077