Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशन: ६ रुटबाट जुलुस भृकुटीमण्डप जाने

कांग्रेस विशेष महाधिवेशन: ६ रुटबाट जुलुस भृकुटीमण्डप जाने

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्ने भएका छन् ।

जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले शुक्रबार पत्रकार सम्मेलन गर्दै त्यसबारे जानकारी दिएका हुन् ।

भृकुटीमण्डपमा पुस २७ गते आइतबार विशेष महाधिवेशनको उद्घाटन गर्ने तयारीमा गरिएको छ । काठमाडौंका विभिन्न ६ वटा रुटबाट देशभरबाट आएका नेता कार्यकर्ताहरु जुलुससहित भृकुटीमण्डप पुग्ने बताइएको छ ।

रुट नं १ अन्तर्गत सुन्धारामा जम्मा भएर चितवन, अर्घखाँची, नवलपुर, सुदूरपश्चिमका सबै जिल्ला तथा काठमाडौंको ८, ९, १० र अन्तर्गत पर्ने सबै वडा समितिबाट उपस्थितहरुको जुलुस अघि बढ्नेछ । ती ठाउँबाट जम्मा भएको जुलुस सुन्धारा–वीर अस्पताल–रत्नपार्क–पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ ।

त्यस्तै रुट नं २ अन्तर्गत विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्ताहरु रत्नपार्कमा जम्मा हुनेछन् । जसमा नुवाकोट, रसुवा, धादिङ जिल्लाका महाधिवेशन प्रतिनिधिहरु सहभागि हुनेछन् ।

विशेष महाधिवेशनका लागि देशभरबाट आउने महाधिवेशन प्रतिनिधिदेखि नेता कार्यकर्ताहरुको व्यवस्थापनको काम समेत तीव्र भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077