Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागुऔषधसहित रेम्बो पक्राउ

लागुऔषधसहित रेम्बो पक्राउ

शुक्रवार , पौष २५, २०८२

उदयपुर । प्रतिबन्धित लागूऔषधसहित उदयपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले शुक्रबार दिउँसो करिब ३ः३० बजे त्रियुगा नगरपालिका–१० बोक्सेचोक नजिकबाट त्रियुगा नगरपालिका–९ रातमाटेका ‘रेम्बो’ नामले चिनिने ३२ वर्षीय जहानसिंह खत्रीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो । इन्स्पेक्टर विष्णु खड्काका अनुसार खत्रीको साथबाट ४ सय ५० एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरिएको छ।

बरामद लागूऔषधमा डाइजेपाम १ सय ५० एम्पुल, फेनारगन १ सय ५० एम्पुल र ब्रुपिनोर्फिन १ सय ५० एम्पुल रहेका छन्। साथै प्रहरीले खत्रीको साथबाट नगद ३८ हजार ६० रुपैयाँ, एक थान मोबाइल फोन, सुनजस्तो देखिने पहेँलो चन्द्रमा एक थान र सुनकैजस्तो देखिने औँठी एक थान समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका खत्रीलाई बरामद सामग्रीसहित जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर खड्काले जानकारी दिए। घटनासम्बन्धी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077