काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र इतरसमूहका नेता डा शेखर कोइरालाबिच आज भेटवार्ता भएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र पारेका बेला देउवा निवास महाराजगन्जमा दुई नेताबीच भेटवार्ता भएको हो।
पार्टीको केन्द्रीय कार्यसमितिले आगामी वैशाख २८ र ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय बहुमतबाट पारित गरेको भए पनि नोट अफ डिसेन्ट लेखेका कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा पक्ष भने यही पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने गरि तयारी तयारीमा जुटेको छ ।
कोइराला पक्षको समेत सक्रिय सहभागितामा संस्थापन पक्षले नियमित महाधिवेशन गर्ने निर्णय केन्द्रीय समितिबाट पारित गराएको थियो। त्यसैले विशेष महाधिवेशन कसरी रोक्ने भन्ने विषयमा सभापति देउवा र कोइरालाबीच छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
अहिले देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।