Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपासँगको एकता भंग, उनेपाको अध्यक्ष बने कुलमान

रास्वपासँगको एकता भंग, उनेपाको अध्यक्ष बने कुलमान

शनिवार , पौष २६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीच एकता भंग भएको छ ।

कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव गरेपछि एकता भंग भएको हो ।

मन्त्री पदबाट राजीनामा दिएका कुलमान यसबीच पटकपटक रास्वपा सभापति रवि लामिछानेसहितको छलफलमा थिए । राजीनामा दिने क्रममा पनि उनले रास्वपासँग समझदारी भए पनि कार्यान्वयन चरणमा नपुगेको बताएका थिए ।

यसअघि रवि र बालेनबीच सहमति हुँदा पनि कुलमानलाई समेटेर अघि बढ्नेगरी छलफल भएका थिए । यद्यपि कुरा नमिलेपछि समानुपातिकतर्फको बन्दसूची पेश गर्ने अन्तिम समयमा कुलमानसँग सहमति भएको थियो ।

शनिबारसम्म भएको दुई पक्षीय छलफलको प्रयास असफल भएसंगै उनेपाले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

यसबारे औपचारिक जानकारी दिन उज्यालो नेपाल पार्टीले आज साँझ ६ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

यस्तै आजै दिउँसो उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077