Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशन: ललितपुरबाट र्‍याली सुरु

कांग्रेस विशेष महाधिवेशन: ललितपुरबाट र्‍याली सुरु

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि ललितपुरबाट र्‍याली सुरु भएको छ ।

ललितपुरको कुपण्डोलबाट नेपाली कांग्रेसका नेता पूर्वमन्त्री ओमकार प्रसाद श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ लगायतको नेतृत्वमा कुपण्डोलबाट बाजाबागासहित र्‍याली सुरु भएको हो।

र्‍यालीमा सांस्कृतिक झाँकी, बाजा र विभिन्न परम्परागत पोसाकमा सहभागी देखिएका छन् ।

विशेष महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । उद्घाटन समारोहपछि आजै बन्द सत्र पनि सुरु गरिनेछ ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार कुपण्डोलसँगै काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट पनि जुलुस भृकुटीमण्डपतर्फ जानेछ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077