Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोपालमान भन्छन्- नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नुपर्छ, यहाँ कसैले हठ गरिराक्न हुँदैन

गोपालमान भन्छन्- नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नुपर्छ, यहाँ कसैले हठ गरिराक्न हुँदैन

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताएका छन् ।

पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेता श्रेष्ठले पार्टी नेतृत्वले हठ गरेर बस्न नमिल्ने बताए ।

उनले भने- 'यहाँ कसैले हठ गरिराक्न हुँदैन । विधि र विधान अनुसार अगाडि बढ्न दिनुपर्छ । विधि र विधानअनुसार चल्नुपर्छ । विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।'

उनले पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने उल्लेख गर्दै पार्टी नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको आरोप बताए ।

उनले थप भने- 'पुस्ता बदलिएको छ । जनताका अपेक्षा बदलिएका छन् । त्यसैले अब पार्टी चल्ने शैली बदल्नुपर्छ । नयाँ युवायुवतीलाई मौका दिनुपर्छ ‘इतिहासको ब्याज खाएर मात्र अब चल्दैन ।'

नेता श्रेष्ठले मुलुकलाई जोगाउनका लागि एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077