Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवा विशेष महाधिवेशनमा नजाने, सचिवालयले भन्यो - भ्रम फैलाइयो

देउवा विशेष महाधिवेशनमा नजाने, सचिवालयले भन्यो - भ्रम फैलाइयो

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

देउवाको सचिवालयले आइतबार बिहान एक औपचारिक सूचना जारी गर्दै सामाजिक सञ्जालमा फैलाइएका खबरहरूलाई भ्रामक भन्दै खण्डन गरेको हो ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जारी गरेको सूचनामा केही व्यक्तिहरूले भ्रम सिर्जना गर्ने उद्देश्यले देउवा भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेको भन्दै त्यसप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

सूचनामा भनिएको छ, 'उक्त कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाज्यू सहभागी हुने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ।'

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको भए पनि त्यसप्रति असहमति जनाउँदै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ। आजबाट उक्त महाधिवेशनको बन्दसत्र सुरु गर्ने तयारी गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077