Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, श्यामकुमार खड्काले अध्यक्षता गर्दै

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, श्यामकुमार खड्काले अध्यक्षता गर्दै

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।

भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमार खड्काले गर्ने भएका छन् ।

प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार बन्दसत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गर्नेछन् ।

बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ । प्रतिवेदनमा समसामयिक राजनीतिको समीक्षा, विधानको परिमार्जन, संरचनागत सुधारको विषयमा पनि महाधिवेशनले निर्णय गर्ने बताए । छलफलका लागि ९ समूह विभाजन गरिएको बताए ।

प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेको दाबी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077