Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा संस्थापन पक्षले भन्यो- सबै नेता कार्यकर्ताहरु एक भएर अघि बढौँ

विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा संस्थापन पक्षले भन्यो- सबै नेता कार्यकर्ताहरु एक भएर अघि बढौँ

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबै नेता कार्यकर्ताहरुलाई एक भएर अघि बढ्न आह्वान गरेका छन्।

विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा खड्काले विज्ञप्ति जारी गर्दै यस्तो भनेका  हुन् ।

अहिले पार्टी गम्भीर मोडमा रहेको बताउँदै खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न समेत अपील गरेका छन् ।

‘यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु ‘नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको बिषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ', जारी विज्ञप्ति भनिएको छ ।

उता महाधिवेशनको बन्दसत्रमा सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्ने प्रस्ताव पेश भएको छ । विशेष महाधिवेशनमा संस्थापन पक्षकै धेरै महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेपछि त्रसित बनेका देउवाले त्यसबारे छलफल गरिरहेका छन् ।

छलफलमा डा. शेखर कोइरालासहित उनी निकट जीवन परियार, बद्री पाण्डे र डा. मिनेन्द्र रिजाल सहभागि छन् भने देउवा पक्षबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरु सहभागि रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077