Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामान्य अंकले घट्यो शेयर बजार, साढे ६ अर्बको कारोबार

सामान्य अंकले घट्यो शेयर बजार, साढे ६ अर्बको कारोबार

सोमवार , पौष २८, २०८२

काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले घटेको छ ।

यस दिन बजार ५.५४ अंकले घटेर धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २६३५ विन्दुमा बन्द भएको छ ।

यस दिन कुल ३३३ कम्पनीको कारोबार भयो । ७५ कम्पनीको मूल्य बढ्दा १७८ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको स्थिर रह्यो ।

कुल १३ उपसमूहमध्ये विकास बैंक, होटल एन्ड टुरिजम, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डको सूचक मात्रै बढेको छ ।

नेप्सेका अनुसार, यस दिन एक करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर ७८ हजार ८०८ पटक किनबेच हुँदा ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ ।

यसअघि जनवरी ८ मा चार अर्ब ९० करोड ८० लाख रुपैयाँ कारोबार भएको थियो । एसवाई प्यानल र श्रीनगर एग्रिटेक कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल र श्रीनगर एग्रिटेक कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

घट्नेमा सुपर मादी हाइड्रोपावर ४.२५, कालिका लघुवित्त ३.८५ र मायाखोला हाइड्रोपावर ३.७१ प्रतिशतले ओरालो लागे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077