Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पार्टी फुट्न सक्ने शेखरको आँकलन, सहमतिका लागि विश्वप्रकाशको प्रस्ताव देउवालाई बुझाए

पार्टी फुट्न सक्ने शेखरको आँकलन, सहमतिका लागि विश्वप्रकाशको प्रस्ताव देउवालाई बुझाए

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई फुटको अवस्थामा जान सक्ने भन्दै पार्टी जोगाउन दबाब दिएका छन् ।

सोमबार विशेष महाधिवेशनले आफू नेतृत्वको केन्द्रीय समिति नै भंग गर्ने कार्यविधि ल्याएसँगै देउवाले आफू निकटका पदाधिकारीहरुको बैठक बोलाएका थिए । उक्त बैठकमा लागि महाराजगञ्ज पुगेका शेखरले विशेष महाधिवेशनपछि पार्टी सग्लो रहन नसक्ने भन्दै ध्यानाकर्षण गराएका हुन् ।

यसैबीच महामन्त्री विश्वप्रकाश शर्माले पठाएका सम्भावित सहमतिका प्रस्तावहरू कोइरालाले देउवालाई बुझाएका छन् ।

नेता कोइराला उपसभापति धनराज गुरुङ र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित देउवा निवास पुगेका कोइराला देउवासँग आधा घण्टा भेटेर निस्किएका छन् ।

उनीहरूले विशेष महाधिवेशन पक्षधरहरूले न्यूनतम सहमतिका लागि बुझाएका प्रस्तावमा सकारात्मक बन्न र पार्टी एकता जोगाउन सभापति देउवालाई दबाब दिएका छन् ।

उता महाधिवेशनको बन्दसत्रमा सभापति देउवा नेतृत्वको कार्यसमिति भंग गर्ने प्रस्ताव पेश भएको छ ।

शेखरसँगको भेट लगत्तै देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल सुरु गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077