Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गगन-विश्वसँग छलफल गर्न देउवा तयार, आजै निर्णायक वार्ता हुने सम्भावना

गगन-विश्वसँग छलफल गर्न देउवा तयार, आजै निर्णायक वार्ता हुने सम्भावना

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद निर्णायक मोडमा पुगेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आजै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने तयारी गरेका छन् ।

सोमबार आफ्ना निकट नेताहरूसँग निवासमै भएको छलफलका क्रममा देउवाले महामन्त्रीसँग वार्ता गर्ने संकेत दिएका थिए ।

देउवा निवासबाट बाहिरिने क्रममा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापतिले आजै महामन्त्रीहरूसँग संवाद गर्ने जानकारी दिए ।

पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको मागलाई नेतृत्वले बेवास्ता गरेको आरोप लगाउँदै महामन्त्रीद्वय गगन–विश्वको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ।

१४औं महाधिवेशनका बहुमत प्रतिनिधि महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रस्तावमाथि छलफलमा जुटिरहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077