काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्दसत्र स्थगित भएको छ । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार मंगलबार बिहान ९ बजे बन्दसत्र पुनः सुरु हुनेछ ।
केन्द्रीय समितिले विशेष महाधिवेशनको ओनरसिप नलिएमा नेतृत्व परिवर्तनको कार्यविधि पारित भइसकेकाले त्यसै अनुरुप अघि बढ्ने उनले जानकारी दिए ।
“सभापति र कार्यवाहक सभापति आएर विशेष महाधिवेशनको स्वामित्व लिनुभयो भने विशेष महाधिवेशनको हलले नेतृत्व परिवर्तन गर्ने कार्यविधि पारित गरिसकेको छ,” आचार्यले भने ।
विशेष महाधिवेशन प्रचार समितिका संयोजक सुवास पोखरेलले भने हलको मुड सभापति शेरबहादुर देउवा आउँदा पनि नेतृत्व कायम राख्ने नरहेको बताए । उनले महाधिवेशन प्रतिनिधिहरूले अपमानित महसुस गरेकाले सभापतिको सम्मान गर्ने मुडमा नरहेको बताए ।