Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत हस्ताक्षर, नेतृत्वमाथि दबाब बढ्दै

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत हस्ताक्षर, नेतृत्वमाथि दबाब बढ्दै

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा महाधिवेशन प्रतिनिधिहरूको समर्थन उल्लेखनीय रूपमा बढेको छ । हालसम्म ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेको जानकारी दिइएको छ ।

सोमबार साँझ विशेष महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।

उनका अनुसार सोमबार मात्रै ६.२४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू थप हस्ताक्षरमा सहभागी भएका छन् ।

‘हिजो हाम्रो संख्या २६ सय ६२ थियो। आज ६.२४ प्रतिशत थपिँदा कुल ६३ प्रतिशत साथीहरूले हस्ताक्षर गरिसक्नुभएको छ,’ पोखरेलले भने, ‘प्रतिनिधि आउने क्रम जारी छ। हामी ७० प्रतिशत पुर्‍याएर देखाउँछौँ ।’

यसैबीच नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत सोमबारको बन्दसत्र स्थगित गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077