Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बास्कोटाको कटाक्ष - कांग्रेस रबर हो, तन्किन्छ तर चुँडिँदैन

गोकुल बास्कोटाको कटाक्ष - कांग्रेस रबर हो, तन्किन्छ तर चुँडिँदैन

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसलाई रबरसँग तुलना गर्दै कांग्रेस तन्किने तर नचुँडिने पार्टी भएको टिप्पणी गरेका छन् ।

कांग्रेसभित्र देखिएको आन्तरिक विवादप्रति व्यंग्य गर्दै उनले वामपन्थी जार्गनयुक्त बालहठभन्दा कांग्रेसमा मध्यवामपन्थी संस्कारयुक्त ‘लुब्रिकेन्ट’ बढी रहेको दाबी गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले लेखेका छन्, ‘कांग्रेस रबर हो, जो तन्कन्छ चुँडिदैन। त्यहाँ वामपन्थी जार्गनयुक्त बालहठभन्दा बढी मध्यवामपन्थी संस्कारयुक्त लुब्रिकेन्ट छ। मातृका र देउवा अपवाद हुन्।’

उनले कांग्रेसका पूर्व नेताहरू मातृकाप्रसाद कोइराला र शेरबहादुर देउवालाई अपवादका रूपमा उल्लेख गर्दै देउवाले पार्टी मात्र नभई लोकतन्त्रसमेत दरबारमा बुझाएको आरोप लगाए। ‘देउवाले पार्टी मात्र फुटाएनन्, डेमोक्रेसी नै दरबारमा बुझाइ दिए,’ उनले लेखेका छन् ।

बास्कोटाले कांग्रेसका युवा नेताहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माका राजनीतिक एजेन्डा सही देखिए पनि उनीहरू अझै ‘४० प्रतिशतको देउवापथ’मै रहेको टिप्पणी गरेका छन् । उनले कांग्रेसमा नयाँ राजनीति स्थापित गर्न उक्त बाटो त्याग्नुपर्ने सुझावसमेत दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077