Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठकको समय फेरियो, दिउँसो १ बजे बस्ने

कांग्रेस केन्द्रीय समिति बैठकको समय फेरियो, दिउँसो १ बजे बस्ने

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन गरिएको छ । यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक अब मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामार्फत बैठकको समय परिवर्तन गरिएको जानकारी दिएका हुन्।

बैठक ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगरमै बस्नेछ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक आह्वान गरेका हुन्।

मुख्यसचिव पौडेलद्वारा जारी सूचनामा भनिएको छ,'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज २०८२ पौष २९ गते मंगलबारका दिन बिहान ११ः०० बजे बस्ने भनिएको बैठक दिउँसो १ः०० बजे बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू तथा सातवटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077