Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली काँग्रेसको त्रिपक्षीय बैठक सकियो, दिउँसो फेरि बस्ने

नेपाली काँग्रेसको त्रिपक्षीय बैठक सकियो, दिउँसो फेरि बस्ने

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको त्रिपक्षीय बैठक सकिएको छ ।

पार्टीमा देखिएको विवाद समाधानका लागि आज बिहानदेखि बसेको त्रिपक्षीय बैठक आजै दिउँसो ३ बजे पुन बस्ने गरी टुंगाइएको हो ।

पार्टीमा सहमति खोज्नका लागि बिहानदेखि तीनै पक्षका नेताहरू संवादमा जुटेका थिए ।

कांग्रेसभित्र एक पक्षको आह्वानमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको छ भने अर्को पक्ष विशेष महाधिवेशनलाई अस्विकार गर्दै आएको छ ।

वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले विशेष महाधिवेशन आह्वान गर्नुपरेको विषयमा मात्रै प्रवेश भएको र यसबारे बाँकी छलफल पछि हुने जानकारी गराए ।

यस्तै वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर एक सदस्यका अनुसार सहमति गरेर जाने भन्नेमा दुवै पक्ष सहमत भएपनि कन्टेन्टमा सहमति भइसकेको छैन ।

वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण, शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल तथा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077