Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विशेष महाधिवेशन बन्दसत्र: नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा प्रतिनिधिहरूले गरे नाराबाजी

विशेष महाधिवेशन बन्दसत्र: नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा प्रतिनिधिहरूले गरे नाराबाजी

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनको माग गर्दै प्रतिनिधिहरूले नाराबाजी गरेका छन् ।

केन्द्रीय कार्यसमिति भंग गर नयाँ नेतृत्व चयन गर लगायतका नारा लगाउँदै प्रतिनिधिहरूले नाराबाजी गरेका हुन् ।

संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच बिहान वार्ता भएको थियो । उक्त वार्ता विना निष्कर्ष टुंगिएपछि पुन: बस्ने बताइएको छ ।

तर, सहमतिको प्रयास स्वरूप दुवै पक्षबाट वार्ताका लागि टोली गठन गरे पनि संस्थापन टसमस नहुँदा महाधिवेशन पक्षधर भने नयाँ नेतृत्व चयनका लागि निर्वाचनको तयारीमा जुटेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077