Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढ्यो, मतदान आजै राति ९ बजेदेखि

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढ्यो, मतदान आजै राति ९ बजेदेखि

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिका संयोजक एवम वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।

त्यसका लागि उम्मेदवारहरुको मनोनयन आजै दिउँसो ३ बजेका लागि तोकिएको छ  ।

निर्वाचन समितिका संयोजक केसीले दिएको जानकारी अनुसार आज राति ९ बजेबाट भोलि बिहानको राति १ बजेसम्म नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।

खम्बबहादुर खाती नेतृत्वमा रहेको निर्वाचन समितिलाई भंग गरेर आजै केसीको अध्यक्षतामा निर्वाचन पाँच सदस्यीय समिति गठन गरिएको थियो ।

जसमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल, रामचन्द्र गौतम सदस्य रहेका छन् ।

कांग्रेस संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच मध्यमार्गी समाधान खोज्ने प्रयत्नका लागि संवाद भइरहे पनि निष्कर्षमा पुगेको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077