Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काँग्रेसको विवाद समाधानका लागि त्रिपक्षीय वार्ता सुरु

काँग्रेसको विवाद समाधानका लागि त्रिपक्षीय वार्ता सुरु

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली काँग्रेसको विवाद मिलाउने प्रयासस्वरुप दुई पक्षीय वार्ता सुरु भएको छ ।

विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधरबीचको दोस्रो चरणको वार्ता सुरु भएको हो ।

पार्टीमा देखिएको विवाद समाधानका लागि आज बिहान पनिदेखि तीनै पक्षका नेताहरू संवादमा जुटेका थिए । तर, सो बैठकमा आ-आफ्नो कुरा राख्नेबाहेक ठोस प्रगति हुन सकेको थिएन । वार्तामा सभापति शेरबहादुर देउवा पक्ष,शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षका नेताहरु सहभागी भएका थिए ।

संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्विकार गर्दै आएको छ । तर पनि आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको छ ।

संस्थापन पक्षले आन्तरिक छलफल गरेर रणनीति बनाइरहँदा महामन्त्रीद्वय विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाइरहेका छन्। उक्त महाधिवेशनले नयाँ नेतृत्व नै चयन गर्न लागेपछि पार्टी विभाजनबाट जोगाउने प्रयासस्वरुप वार्ता भइरहेको हो।

त्यस्तै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक पनि जारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077