Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चन्द्र भण्डारीले भने- पार्टी फुटाउने अभियानमा सामेल हुँदैन

चन्द्र भण्डारीले भने- पार्टी फुटाउने अभियानमा सामेल हुँदैन

मंगलवार , पौष २९, २०८२

काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले आफू विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन सानेपा पुगेका भण्डारीले सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी आफू फुटाउने अभियानमा सामेल नहुने बताएका हुन् ।

भण्डारी आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहमा पुगेर सम्बोधन समेत गरेका थिए ।

सम्बोधनमा पार्टीलाई एकढिक्का राख्ने प्रयासस्वरूप आफू खटिएको बताउँदै गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेसको भविष्य भएको जिकिर गरेका थिए ।

'गगन र विश्व पार्टीको भविष्य हो । पार्टी एक राख्न के–के समस्या छ भनेर म कुरा गर्न आएको हुँ । कांग्रेस एक भएर जान्छ त्यसमा मेरो समर्थन छ । विशेष महाधिवेशनमा सभापति देउवा पनि आउनुपर्छ । यो उहाँको पार्टी हो', भण्डारीले भनेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077