Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गगन–विश्वप्रकाशका राजनीतिक र साङ्गठनिक प्रतिवेदन पारित

गगन–विश्वप्रकाशका राजनीतिक र साङ्गठनिक प्रतिवेदन पारित

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनले पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पारित गरेको छ।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न बन्दसत्रले महाधिवेशन प्रतिनिधिहरूबाट आएका सुझाव र छलफललाई समेट्दै दुवै प्रतिवेदन अनुमोदन गरेको हो।

यसअघि सोमबारको बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको वर्तमान संगठनात्मक अवस्थाबारे साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए।

बन्दसत्रमा सहभागी प्रतिनिधिहरूले उठाएका सुझावहरूलाई समावेश गरिएको उल्लेख गर्दै कार्यक्रममै प्रतिवेदन पारित भएको औपचारिक घोषणा गरिएको थियो।

राजनीतिक र साङ्गठनिक दुवै प्रतिवेदन पारित भएसँगै विशेष महाधिवेशनको बन्दसत्र समापन गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077