Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवा निवासमा निर्णायक वार्ता जारी

देउवा निवासमा निर्णायक वार्ता जारी

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच अहिले वार्ता भइरहेको छ। सभापति देउवाको निवास महाराजगन्जमा तीन शीर्ष नेताबीच छलफल जारी रहेको हो ।

वार्तामा सहभागी एक कांग्रेस नेताले नेपालखबरलाई दिएको जानकारीअनुसार सहमतिका लागि संवाद गर्न सभापति देउवाले बोलाएपछि दुवै महामन्त्री देउवा निवास पुगेका हुन्।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको केन्द्रमा रहेको नेतृत्व विवाद समाधानका लागि यो वार्तालाई निर्णायक रूपमा हेरिएको छ। विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवाले नेतृत्व छाड्नुपर्ने अडानमा अडिग छन् ।

तर सभापति देउवा त्यसका लागि तयार नभएपछि दुई पक्षबीच मंगलबार दिनभर र रातभर चलेको वार्ता निष्कर्षविहीन बनेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077