Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवासँग निर्णायक वार्ता सकियो, गगन–विश्वप्रकाश बाहिरिए

देउवासँग निर्णायक वार्ता सकियो, गगन–विश्वप्रकाश बाहिरिए

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल सकेर दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा बाहिरिएका छन् ।

पार्टीभित्र बढ्दो राजनीतिक दबाब र विशेष महाधिवेशनसँग जोडिएका विषयमा स्पष्टता खोज्दै उनीहरू देउवा निवास पुगेका थिए।

देउवा निवासमा भएको छलफललाई कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र भावी रणनीतिका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।

पछिल्ला दिनमा विशेष महाधिवेशन, नेतृत्वको भूमिका र संगठनात्मक व्यवस्थापनलाई लिएर पार्टीभित्र मतभेद चुलिँदै गएको सन्दर्भमा यो भेटवार्ता निर्णायक मानिएको हो।

छलफलपछि महामन्त्रीद्वयले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

वार्तामा रमेश लेखक, जीवन परियार, मीनेन्द्र रिजाल र बालकृष्ण खाँण पनि सहभागी थिए ।

ठोस निर्णय नआएपछि महामन्त्रीहरूले निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077