Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशन: महामन्त्रीमा प्रदीप पौडेल र विश्वप्रकाश शर्माको उम्मेदवारी

कांग्रेस विशेष महाधिवेशन: महामन्त्रीमा प्रदीप पौडेल र विश्वप्रकाश शर्माको उम्मेदवारी

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा शर्मा र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएको निर्वाचन समिति स्रोतले जनाएको छ ।

कांग्रेस विधानमा दुई जना महामन्त्री रहने व्यवस्था छ । सोहि अनुरुप उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि नै सभापतिमा गगन थापाको एकल उम्मेदवारी परिसकेको छ ।

यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ ।

मनोनयन दर्ताको समय सकिएसँगै उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077