Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको समानुपातिक सूचीबाट पाँच जनाले लिए उम्मेदवारी फिर्ता, स्थान पूर्तिका लागि आयोगको पत्र

एमालेको समानुपातिक सूचीबाट पाँच जनाले लिए उम्मेदवारी फिर्ता, स्थान पूर्तिका लागि आयोगको पत्र

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेकपा एमालेको समानुपातिक बन्दसूचीबाट पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा पाल्पाकी हिरुसरा राना, नुवाकोटका विजय लोप्चन तामाङ, रौतहटकी अंशु झा, सोलुखुम्बुका डुफकुमार बास्तोला र बझाङका लालबहादुर रावल रहेका छन् ।

उम्मेदवारी फिर्ता लिएपछि रिक्त रहेको स्थान पूर्ति गर्नका लागि निर्वाचन आयोगले पार्टीसँग माग गरेको छ ।

आयोगले रिक्त स्थान पूर्तिका लागि माघ २ गते कार्यालय समयभित्र नाम र आवश्यक विवरण बुझाउन समय दिएको छ ।

समानुपातिकसहित सबै उम्मेदवारी टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । त्यसैले रिक्त स्थानमा राखिने नयाँ उम्मेदवारको निर्णय पनि अध्यक्ष ओलीले नै गर्नेछन् ।

एमालेले रिक्त स्थान पूर्ति गर्नुपर्ने नाम र विवरण शुक्रबार निर्वाचन आयोगमा बुझाउने जनाएको छ ।

यसअघि पनि समानुपातिक सूचीमा रहेका झापाका सोमनाथ पोर्तेल र कैलालीकी लीलाकुमारी भण्डारी राष्ट्रियसभा उम्मेदवार बनेपछि उनीहरूको नाम सूचीबाट हटाइएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077