Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महामन्त्रीद्वय थापा र शर्मालाई कांग्रेसबाट निष्काशन गर्ने घोषणा

महामन्त्रीद्वय थापा र शर्मालाई कांग्रेसबाट निष्काशन गर्ने घोषणा

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको आव्हानमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वयलाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टी हितविपरीत गएको भन्दै महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहममन्त्री फर्मुला मनसुर लगायतलाई पार्टीबाट निष्काशनको घोषणा गरेको हो ।

उनीहरुलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको छ ।

साथै बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन पनि आह्वान गरेको छ ।

पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गरेका थिए ।

विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए ।

पार्टी फुटबाट रोक्न भन्दै विभिन्न नेताहरुले त्रिपक्षीय वार्ता समेत गरेका थिए । आज बिहानमात्रै महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल पनि गरेका थिए । उक्त छलफलले सफल हुन सकेन ।

त्यसपछि विशेष महाधिवेशन पक्षले निर्वाचनको तयारी अघि बढाएका थिए । सोहीअनुसार उम्मेदवारीहरुको मनोनयन दर्ता भइरहेको छ।

जसअनुसार सभापतिका लागि थापाको मात्र उम्मेदवारी परेको छ भने उपसभापतिमा फर्मुला मन्सुर, गुरुराज घिमिरे र देवराज चालिसेको उम्मेदवारी परेको छ ।

त्यस्तै महामन्त्रीमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र जगदिश्वर नरसिंह केसीको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा भने गोपाल दहित, भरतबहादुर खड्का, शम्भु बहादुर बुढाथोकी, दिलकुमारी राई, जनकराज गिरी, ओमबहादुर घर्ती, राम पल्टन साह, नारायण भट्टराई मुक्ताकुमारी चौधरी, सुरेन्द्रप्रसाद चौधरी, कर्णबहादुर बुढा, अब्दुल सतार र बहादुर सिंह लामाको उम्मेदवारी परेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077