Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ कार्यसमिति लिएर पूर्वसभापति देउवाकोमा आर्शिवाद लिन जान्छु: महामन्त्री थापा

नयाँ कार्यसमिति लिएर पूर्वसभापति देउवाकोमा आर्शिवाद लिन जान्छु: महामन्त्री थापा

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनबाट कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवा पूर्वसभापति भएको घोषणा गरेका छन् ।

पार्टीको संस्थापनले आफूसहित अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुर लगायतका नेताहरुमाथि कारबाहीमा परेपछि भृकुटीमण्डपमा सम्बोधन गर्दै सो घोषणा गरेका हुन् ।

थापाले हलले निर्णय गरेको कार्यसमिति लिएर पूर्वसभापतिमा आर्शिवाद लिन जाने बताए ।

उनले भने- 'आज राति नेपाली कांग्रेसको विशेष महाधिवेशन सकिन्छ त्यसपछि नयाँ कार्यसमिति लिएर नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको आशिर्वाद लिन जान त जानु छँदैछ नि ।'

उनले पार्टी नफुटेको, अधिवेशनको क्रममा रहेको र विशेष महाधिवेशनको हलले जे गर्छ सोही निर्णय अनुसार अघि बढ्ने बताए ।

उनले भने- 'पार्टी फुटेको छैन, पार्टी यही हो । हामी अधिवेशनको क्रममा छौँ । हलले जे निर्णय गर्छ त्यही अनुसार अघि बढ्छौँ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077