Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस विधानविपरीत गगन–विश्वप्रकाशमाथि कारबाही, निर्णय बदर हुन सक्ने संकेत

कांग्रेस विधानविपरीत गगन–विश्वप्रकाशमाथि कारबाही, निर्णय बदर हुन सक्ने संकेत

बुधवार , पौष ३०, २०८२

काठमाडौँ । विशेष महाधिवेशन गरेको आधारमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित नेतामाथि केन्द्रीय कार्यसमितिले गरेको कारबाही पार्टीको विधानअनुसार अवैध देखिएको छ।

कांग्रेसको विधानमा कुनै पनि सदस्य वा निकायमाथि अनुशासनको कारबाही गर्दा अनिवार्य रूपमा सफाइ पेस गर्ने मौका दिनुपर्ने स्पष्ट व्यवस्था रहेको छ।

तर बुधबार गरिएको कारबाहीअघि सम्बन्धित नेताहरूसँग कुनै पनि किसिमको स्पष्टीकरण नलिइएको स्रोतहरूले बताएका छन्।

कांग्रेस विधानको धारा ३४ उपधारा (४) खण्ड (र) मा अनुशासन सम्बन्धी कारबाही गर्दा आफ्नो सफाइ दिने मौकाबाट कसैलाई पनिवञ्चित गरिने छैन भन्ने स्पष्ट प्रावधान छ। यो व्यवस्था जिल्ला, प्रदेश र केन्द्रीय तहका सबै अनुशासन समितिहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ।

विधानअनुसार पार्टीको आदर्श, नीति वा विधानविपरीत काम गरेको भन्ने उजुरी परेमा वा त्यस्तो जानकारी प्राप्त भएमा अनुशासन समितिले सम्बन्धित व्यक्तिसँग जानकारी लिने, स्पष्टीकरण माग्ने तथा छानबिन गर्ने प्रक्रिया पूरा गरेपछि मात्रै कारबाही गर्न सक्ने व्यवस्था छ।

तर विशेष महाधिवेशन सुरु भएपछि अनुशासन समितिको बैठकसमेत नबसेको र कुनै स्पष्टीकरण पनि नसोधिएको पुष्टि भएको छ। यस्तो अवस्थामा केन्द्रीय कार्यसमितिले गरेको कारबाही विधानसम्मत नरहेको कानुनविद्हरूको भनाइ छ।

यस आधारमा गगन थापा, विश्वप्रकाश शर्मा र अन्य कारबाहीमा परेका नेताहरूले कानुनी बाटो अपनाएमा उक्त निर्णय बदर हुन सक्ने देखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077