Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवाले लेखेको पत्र निर्वाचन आयोगमा दर्ता, कारबाहीको विवरण समेटिएको दाबी

देउवाले लेखेको पत्र निर्वाचन आयोगमा दर्ता, कारबाहीको विवरण समेटिएको दाबी

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लेखेको पत्र निर्वाचन आयोगमा पुगेको छ।

निर्वाचन आयोग स्रोतका अनुसार आयोगलाई सम्बोधन गरेर पठाइएको उक्त पत्र हाल आयोगमा दर्ता भइसकेको छ। यद्यपि पत्रमा के–कस्ता विषय उल्लेख छन् भन्ने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

स्रोतका अनुसार पत्रमा विशेष महाधिवेशनलाई पार्टी अनुशासनबाहिरको गतिविधि ठहर गर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई गरिएको कारबाहीको विवरण समेटिएको उल्लेख छ।

यसअघि विशेष महाधिवेशन पक्षधर नेता गगन थापाले भृकुटीमण्डपमा आयोजित सम्बोधनका क्रममा आफूहरूलाई अलमल्याएर निर्वाचन आयोगमा पत्र पठाइएको आरोप लगाएका थिए।

उनले निर्वाचन आयोगले यहाँ भइरहेको विशेष महाधिवेशन तथा भेलालाई मान्यता दिने दाबी पनि गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077