Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेसको सभापति बने गगन थापा

कांग्रेसको सभापति बने गगन थापा

बुधवार , पौष ३०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले सभापति र महामन्त्री सर्वसम्मत रूपमा चयन गरेको छ।

विशेष महाधिवेशनले सभापतिमा गगनकुमार थापा तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको हो।

पार्टी विधानअनुसार सभापतिमा एक जना र महामन्त्रीमा दुई जनाको व्यवस्था रहेको छ।

तोकिएको समयभित्र सभापतिमा थापा र महामन्त्रीमा पौडेल तथा घिमिरेको मात्रै मनोनयन परेपछि उनीहरू सर्वसम्मत रूपमा चयन भएका हुन्।

यसअघि महामन्त्री पदका लागि विश्वप्रकाश शर्माले पनि उम्मेदवारी दिने चर्चा चलेको थियो। तर अन्तिम समयमा उनले उम्मेदवारी नदिएपछि महामन्त्री पदमा दुई जनाको मात्र मनोनयन दर्ता भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077