Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एक साताभित्र गगन थापा नेतृत्वको कांग्रेस बैठक सानेपामा बस्छ : विश्वप्रकाश शर्मा

एक साताभित्र गगन थापा नेतृत्वको कांग्रेस बैठक सानेपामा बस्छ : विश्वप्रकाश शर्मा

बुधवार , पौष ३०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले गगनकुमार थापा नेतृत्वको पार्टी बैठक एक साताभित्र सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताएका छन्।

बुधबार काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले पार्टीको आगामी औपचारिक बैठक सानेपामै आयोजना हुने स्पष्ट पारे।

'आजको एक साताभित्र गगन थापा नेतृत्वको नेपाली कांग्रेसको बैठक सानेपामा बस्नेछ,' उनले भने।

शर्माले आफू र गगन थापासहित नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय खारेज हुने दाबीसमेत गरेका छन्।

उनका अनुसार सो निर्णय औपचारिक रूपमा अर्को निर्णयमार्फत रद्द गरिनेछ।

'आजको निर्णयको दोस्रो पन्नामा निर्णय गरी खारेज हुनेछ। तर, कसैलाई पनि कारबाही गरिने छैन,' शर्माले भने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077