Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता

बुधवार , पौष ३०, २०८२

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले कार्यालय समय सकिनु केही बेरअघि नायव महान्यायाधिवक्ताहरूसँग परामर्श गरी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार दुईवटा मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिने निर्णय गरेकी हुन्।

स्रोतका अनुसार सो निर्णय कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ। लामिछानेविरुद्ध काठमाडौं, रुपन्देही, कास्की र पर्सा जिल्ला अदालतमा संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दर्ता छन्।

अब ती जिल्लास्थित सरकारी वकिल कार्यालयहरूले आरोपपत्र संशोधन गर्दै मुद्दा फिर्ताका लागि सम्बन्धित अदालतमा रितपूर्वक निवेदन पेश गर्नेछन्।

अदालतबाट अनुमति प्राप्त भएपछि लामिछानेविरुद्ध चलिरहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा औपचारिक रूपमा फिर्ता हुनेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077