Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस संस्थापनविरुद्ध भृकुटीमण्डपमा नारा - सानेपा खाली गर, गगन दाइ आउँदैछन्

कांग्रेस संस्थापनविरुद्ध भृकुटीमण्डपमा नारा - सानेपा खाली गर, गगन दाइ आउँदैछन्

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको काठमाडौँको भृकुटीमण्डपमा संस्थापन पक्षविरुद्ध चर्को नाराबाजी भएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरिएको खबर सार्वजनिक भएलगत्तै महाधिवेशनस्थलको माहोल एकाएक तातिएको हो ।

आक्रोशित तथा उत्साहित कार्यकर्ताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै ‘सानेपा खाली गर, गगन दाइ आउँदैछन्’ भन्ने नारा घन्काएका छन्।

नाराबाजीमार्फत उनीहरूले संस्थापन पक्षको निर्णयलाई अस्वीकार गर्दै गगन थापाको नेतृत्वमा नयाँ कांग्रेस निर्माणको सन्देश दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077