काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन हुने भएको छ ।
नेता गुरुराज घिमिरेले नयाँ कार्यसमितिमा सबै पक्षबीच सहमति जुटिसकेको जानकारी दिएका छन् ।
उनका अनुसार सहमति पछि कार्यसमितिको औपचारिक घोषणा गरिनेछ र पदाधिकारी तथा सदस्यहरूको नाम सार्वजनिक गरिनेछ।
अब गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन हुने भएको छ ।