Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अत्यन्त दुःखद, कांग्रेसलाइ ठुलो क्षति : चन्द्र भण्डारी

अत्यन्त दुःखद, कांग्रेसलाइ ठुलो क्षति : चन्द्र भण्डारी

बिहिवार , माघ १, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी विभाजनको अवस्थाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस पुनः विभाजित भएपछि उनले यसलाई पार्टीका लागि ठूलो क्षतिका रूपमा व्याख्या गरेका हुन्।

सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै भण्डारीले विगतमा पनि पार्टी फुटेर पुनः एकतामा आएको अनुभव रहेको स्मरण गराएका छन्। तर यसपटक विभाजन रोक्न आफूले गरेको अथक प्रयास सफल हुन नसकेको उनको भनाइ छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अत्यन्त दुःखद!!! कांग्रेसलाई ठूलो क्षति!!! एक दिन मिल्नु नै छ, जुन विगतको अनुभव हामीसँग छ। तर अथक प्रयास सफल हुन सकेन।’

पार्टी विभाजनको घटनालाई कांग्रेसको लामो राजनीतिक यात्राको अर्को कठिन मोडका रूपमा हेरिएको छ। पार्टी स्थापनाको झन्डै आठ दशक लामो आरोह–अवरोहपूर्ण इतिहासमा नेपाली कांग्रेस तेस्रो पटक विभाजित हुन पुगेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077