Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गगन पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक कुपण्डोलमा, बैठकपछि निर्वाचन आयोग जाँदै

गगन पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक कुपण्डोलमा, बैठकपछि निर्वाचन आयोग जाँदै

बिहिवार , माघ १, २०८२

काठमाडौं । नेपाली कांग्रेसको वैधानिक नेतृत्व आफूहरू नै भएको दाबी गर्दै गगन थापा पक्ष आज निर्वाचन आयोगमा जाँदैछ ।

बुधबार मध्यरातमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गर्दै केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

विशेष महाधिवेशनबाट महामन्त्री चुनिएका गुरुराज घिमिरेले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा जाने तयारी भइरहेको बताए। विशेष महाधिवेशन पक्षले पार्टीको विधानअनुसार विशेष महाधिवेशन भइरहेको र शेरबहादुर देउवा नेतृत्वको कार्य समिति भंग भएको लिखित जानकारी मंगलबार नै आयोगमा गराइसकेको थियो ।

त्यसको भोलिपल्ट शेरबहादुर देउवा पक्षले गगन थापा र विश्वप्रकाश शर्मा निष्कासनमा परेको विवरण आयोगमा पठाएको थियो ।

उता, विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक अहिले ललितपुरको कुपण्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा बसेको छ ।

गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको यो पहिलो बैठक हो । नयाँ नेतृत्वको पहिलो बैठक भएकाले पार्टीको आगामी दिशा, संगठन व्यवस्थापन र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077