Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेतृत्व मात्रै फेरिएको हो, पार्टी फुटेको छैन: गगन थापा

नेतृत्व मात्रै फेरिएको हो, पार्टी फुटेको छैन: गगन थापा

बिहिवार , माघ १, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टी सभापति निर्वाचित भएका गगन थापाले पार्टी नफुटेको दाबी गरेका छन्।

आफू विष पिउन तयार रहेको तर पार्टी फुट्न नदिने बताएको बारे संचारकर्मीले सोधेको प्रश्नमा थापाले पार्टी नफुटेको दाबी गरेका हुन्।

विशेष महाधिवेशनले गरेका निर्णय जानकारी दिन र नयाँ कार्यसमितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोग पुगेका थापाले आयोगले आफूहरुको निवेदनमा छिटै निर्णय गर्ने विश्वास व्यक्त गरे।

थापाले भने- 'हामीले पार्टीको विशेष महाधिवेशनले विद्यमान केन्द्रीय कार्यसमिति बदलेको जानकारी निर्वाचन आयोगलाई गराएका छौं। त्यसलाई पुष्टि गर्न चाहिने आवश्यक सबै विवरण बुझाएका छौं। प्रत्यक्षतर्फका कांग्रेस उम्मेदवारलाई दिने टिकटमा सभापति गगन थापाले हस्ताक्षर गर्ने पनि भनेका छौं। आयोग पदाधिकारीले दोहोरो संवाद गर्नुभएन। ढिलोमा पर्सिसम्ममा आयोगले हाम्रो निवेदन सुनुवाइ गरिसक्छ भन्नेमा विश्वस्त छौं।'

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय माघ छ गतेलाई तोकिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077