Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आयोगको निर्णय विधि र प्रक्रियाअनुसार आएको हो, नवीन कांग्रेसको सुरुवात भयो : विश्वप्रकाश शर्मा

आयोगको निर्णय विधि र प्रक्रियाअनुसार आएको हो, नवीन कांग्रेसको सुरुवात भयो : विश्वप्रकाश शर्मा

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनसम्बन्धी निर्णय विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले गरेको बताएका छन् ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ सम्बोधन गर्दै शर्माले यस निर्णयसँगै “नवीन कांग्रेस” को सुरुवात भएको दाबी गरे।

'सबै अग्रज नेताहरूलाई अनुरोध गर्न चाहन्छु— विधि र प्रक्रियाको बाटोबाट जे निर्णय भएको छ, यसबाट नवीन कांग्रेसको सुरुवात भएको छ,' शर्माले भने, 'अब आवेग बिर्सनुपर्छ, एकताबद्ध भएर अगाडि बढ्नुपर्छ।'

उनले पार्टीभित्र उत्पन्न असहमतिलाई संवाद र सहमतिबाट समाधान गर्नुपर्नेमा जोड दिँदै कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढ्नु नै समयको आवश्यकता भएको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077